अख्तियारद्वारा जैसवालविरुद्ध मुद्दा दायर

khabarwave
१२ मंसिर २०७७

 

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना हेटौंडाका कार्यालय प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवालविरुद्धअख्तियार दुरूपयोग अनुसन्धान आयोगले  विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार सेवाग्राहीसँग १० लाख रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले जैसवालविरुद्ध मुद्दा दायर गरेको हो ।आयोगका प्रवक्ता तारानाथ अधिकारीले जारी गरेकाे विज्ञप्तिमा अनुसन्धानको क्रममा जैसवालले निर्माणाधिन सो प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको बताइएकाे छ।

Loading spinner