अख्तियारद्वारा घुस लिएको आरोपमा २७७ जना पक्राउ

khabarwave
९ पुष २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसँग सम्बन्धित १० हजार भन्दाबढी उजुरी तामेलीमा राखेको जनाएकाे छ ।राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार बुझाइएको आयोगको ३० औं वार्षिक प्रतिवेदन अनुसार यो अवधिमा १ अर्ब ९ करोड ६२ लाख बिगो माग दाबी गरेर विशेष अदालतमा २सय मुद्दा दर्ता गरिएका छन् ।

जसमध्ये गैरकानुनी सम्पत्ति आर्जनतर्फ १८ र एक करोड भन्दा बढी बिगो भएका मुद्दा २९ वटा छन् । जसमध्ये १५३ वटा मुद्दामा एक लाख भन्दा कम बिगो माग दाबी गरिएका छन् ।गत आबमा घुस रिसवतको आरोपमा २७७ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पनि कर्मचारीहरूको संख्या सबैभन्दा बढी थिए । २०८ जना विशिष्ट श्रेणीदेखि सहायकस्तरसम्मका कर्मचारी पक्राउ परेका हुन ।

यस्तो आरोपमा पक्राउ पर्ने निर्वाचित वा मनोनित पदाधिकारी १४ जना छन् । आयोगले ५५ जना बिचौलिया र मतियारलाई नियन्त्रणमा लिएकाे थियाे । आयोगले केन्द्रमा राष्ट्रपति र प्रदेशमा  सबै प्रदेश प्रमुखहरूलाई बुझाइएको वार्षिक प्रतिवेदन बुझाइएकाे छ ।

Loading spinner