अक्सफोर्डले रोक्यो कोरोना विरुद्धको भ्याक्सिन ट्रायल

khabarwave
२४ भाद्र २०७७

बीबीसी। कोरोना कहरले संसार हल्लाएको छ । सबैको आशा वैज्ञानिहरुको कार्यमा रहेको छ । कतिबेला कोरोनाविरुद्धको भ्याक्सिन बन्ला र संसारले यो महामारीबाट छुटकारा पाउला भन्ने आशा गरेको पनि महिनौ भइसक्यो । कोरोना भाइरस नियन्त्रण गर्न बनिरहेको भ्याक्सिनलाई त्यतिबेला ठूलो धक्का लाग्यो जतिबेला एक्ट्राजोन र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिन ट्रायल रोक्नु पर्यो। मानव परीक्षणमा सहभागी एक व्यक्ति बिमारी भएपछि ट्रायल रोक्नु परेको बीबीसीले जनाएको छ। एक्ट्रासेनेकाले भनेको छ, ‘यो एउटा रुटीनको रोकावट हो, किनभने परीक्षणमा सहभागी व्यक्तिको विमारीका बारेमा केही खुलेको छैन।’ अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनको ट्रायलमा विश्वको ध्यान केन्द्रित भएको छ। यतिबेला विश्वभर करिव एक दर्जन स्थानमा कोरोना भ्याक्सिनको ट्रायल भइरहेको छ। तर अक्सफोर्ड युनिभर्सिटीको ट्रायल सबैभन्दा अगाडि रहेको बताइएको छ।

अक्सफोर्डमा तेस्रो चरणको ट्रायल भइरहेको छ र, सबैभन्दा चाँडो बजारमा आउने भ्याक्सिन अक्सफोर्ड कै हुने अनुमान गरिएको छ। भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा हजारौं मानिस सहभागी हुन्छन् र यसका केहीवर्षसमेत लाग्न सक्ने बताइएको छ। कोरोना भ्याक्सिनको तेस्रो चरणमा करिव ३० मानिस सहभागी छन्। बीबीसीका मेडिकल एडिटर फर्गस वल्सका अनुसार पूरै विश्वमा भइरहेको ट्रायल रोकिएको छ। अब एक स्वतन्त्र जाँच हुन्छ जसले सुरक्षा मानकको समीक्षा गर्नेछ। त्यसपछि नियामक निकायले फेरि ट्रायल गर्ने नगर्ने भन्ने विषय तय गर्नेछ।
अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले भनेका छन्, ‘ठूलो ट्रायलमा बिमारी हुने आशंका छ। तर यसलाई ध्यानपूर्वक जाँच गर्न यसको स्वतन्त्र पुन परीक्षण आवश्यक छ।’ अक्सफोर्ड युनिभर्सिटीको कोरोना भाइरसको भ्याक्सिनको ट्रायल रोकिएको यो दोस्रो पटक हो। ठूलो ट्रायलमा यसलाई सामान्य रुपमा लिइन्छ र जबसम्म परीक्षणमा सहभागी व्यक्तिलाई अस्पतालमा भर्ना गराइन्छ र उसको बिमारीको कारण पत्ता नलागेसम्म ट्रायल रोकिन्छ। केही दिनभित्रै ट्रायल फेरि सुरु हुने बताइएको छ।

Loading spinner