काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव डा. दामोदर रेग्मीको नाम सचिब बढुवाकालागि सिफारिस गरेको छ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको हाे ।अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस डा. रेग्मीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । डा. रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रायको प्रशासन महाशाखा प्रमुखमा कार्यरत छन् । निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ स.... पुरा पढ्नुहोस
ब्यबसायिक अर्थमा डिल वा कारोवार गर्ने ब्यबसायीलाई डिलर भनिन्छ, जस्तै चुरोटको डिलर, चिनीको डिलर वा रक्सीको डिलर आदि आदि। राजनीतिमा प्रयोग हुने शब्द लिडर हो। राजनेतामा हुनु पर्ने बिभिन्न क्षमता वा गुण मध्ये नेत्तृत्त्व गर्न सक्ने क्षमतालाई सर्वोपरी मानिन्छ र यस्ता नेतालाई लिडर भनिन्छ। केही समय देखि हाम्रा नेताहरूलाई संवोधन गर्दा लिडर हैन डिलर शब्द प्रयोग गरेको पाईन्छ। किन यसरी सम्बोधन गरिएको होला त हाम्रा राजनेतालाई? के हाम्रा नेताले राजनीतिलाई ब्यबसाय बनाएर हो? के राजनीतिक पदहरू लिलाम बढाबढमा राखिन्छन्? के अपराधीहरूले राजनीतिक पद खरीद गर्ने गरेका छन्? के नेताहरूलाई विदेशीहरूले किन्छन्? के चु.... पुरा पढ्नुहोस