काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । सोमबार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव किरण राज शर्मालाई सचिवमा बढुवा गरेको छ । बढुवा समितिले सिफारिस गरेका शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा असार ३१ गते सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले शर्माको नाम .... पुरा पढ्नुहोस
काठमाडौं । धार्मिक पुस्तकहरुमा समेत प्रसस्तै बर्णन गरिएको चौसठ्ठी ज्योर्तिलिङ्गमध्ये एक तथा स्वयम्भु लिंग छैठौं शताब्दीमा अंशुवर्माद्वारा कुद्न लगाइएको कुरा शिलालेखमा समेत बर्णन गरिएको छ । यस धार्मिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले साउने संक्रान्तिको दिन काभ्रेपलाञ्चाेककाे बनेपा एक कार्यक्रमको आयोजना गरियो । यस वीकटेश्वर महादेव तथा छिन्नमस्तक नारायण मन्दिर परिसरमा उपस्थित सम्पूर्ण कार्यक्रममा संरक्षण समितिका अध्यक्ष लक्ष्मण बस्नेतले सबैको सहयोगमा अस्तव्यस्त घाटलाई व्यवस्थित बनाउन सकेकोमा खुशी व्यक्त गर्नुभएको थियो । हिजोका दिनमा हाम्रा अग्रजहरुले जोगाइदिनु भएको यो ऐतिहासिक धरोहरको प्रचार.... पुरा पढ्नुहोस