निजामती सेवामा प्रवेश गर्ने क्रममा लिखित परीक्षा उत्तीर्ण भए पछि अन्तर्वार्ता भन्दा अगाडि प्रहरी प्रतिवेदन बुझ्ने चलन थियो। यो चलन पन्चायती ब्यबस्थामा अनिवार्य थियो।यसको अभिप्राय निजामती सेवामा पंचायत ब्यबस्था विरोधीले प्रवेश नपाउन भनेर होला। जिल्ला प्रहरी कार्यालयबाट एक जना प्रहरी सादा पोशाकमा गएर गाउका प्रधानपंच वा वडा अध्यक्षलाई भेटेर सोधेर निज उम्मेद्वारको वारेमा बुझ्ने चलन थियो। यस्तोमा उक्त अध्यक्ष वा प्रधानपंचलाई चुनावमा भोट नदिनेहरू सहजै नकारात्मक सूचीमा पर्दथे। यो पंक्तिकारलाई के सम्म सम्झना छ भने एक जना हाई स्कूलका शिक्षकले अधिकृत स्तरको लोक सेवा आयोगको लिखित परीक्षा पास गरेछन् ,उ.... पुरा पढ्नुहोस
नेपालको संविधानको धारा ७६(५) वमोजिम प्रधान मन्त्री नियुक्त भएका शेर वहादुर देउवाले सोही धाराको उपधारा (६) वमोजिम विश्वासको मत लिई रहदा देखा परेका दृश्यहरू:- सामान्यतया: नव निर्वाचित प्रधान मन्त्रीले संसदमा विश्वासको मत लिदा संसदको बैठक बसेको पहिलो दिन मै लिने गरेको नेपालको संसदीय ईतिहासमा संभवत: पहिलो हो शेर वहादुरजीको विश्वासको मत। यसरी हतार गरेर विश्वासको मत किन लिनु परेको होला भने यो ७६(५) बमोजिम मतदान गर्न सांसदहरू स्वतन्त्र हुने र दलीय ह्वीप नलाग्ने हुदा सांसदहरू वहकिने र हर्ष ट्रेडिंगको अवस्था सृजना हुन सक्ने संभावना भएकोले यति चाडै विश्वासको मत लिनु परेको हुन सक्छ। यो समारोहको अर्को विश.... पुरा पढ्नुहोस