कहाँ अड्कियो नयाँ दल निर्माणको योजना

khabarwave
१४ कार्तिक २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि रक्षात्मक बनेका पुराना दललाई साइजमा ल्याउन युवाहरुको नेतृत्वमा नयाँ दलको खोजी भइरहेको छ । तर त्यो सर्व स्वीकार्य अनुहारको खोजी भइरहे पनि अझै त्यो अनुहार पत्ता लाग्न सकेको छैन । सुरुमा त रास्वपालाई जेनजी विद्रोह खासमा के–कसरी भएको हो भनेर खुट्याउनै समय लाग्यो । केन्द्रीय समितिका केही युवा नेताहरू सडकमा उत्रिएका जेनजी नवयुवाको समर्थनमा माइतीघरदेखि बानेश्वरसम्म देखिए पनि सिंगो पार्टीले आत्मसात् गर्न सकेन । तर अहिले रास्वपा एकाएक सहकार्य तथा एकता प्रक्रियाको ढोका खोल्न अघि बढेको छ । भदौ २३ र २४ मा घटित नवयुवा विद्रोह तथा विध्वंसको बारेमा केही भर्चुअल बैठक तथा अन्तर्क्रि.... पुरा पढ्नुहोस

प्रधानमन्त्रीले भनिन्– म यहाँ रहरले आएको होइन

khabarwave
१४ कार्तिक २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन रहरले आएको नभई अफ्ठ्यारोमा जिम्मेवारी लिएको बताएकी छन्। बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीको संयुक्त बैठलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी ओमप्रकाश अर्याल र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ। म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो। जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो।.... पुरा पढ्नुहोस

मनोरञ्जन