नेपाली कांग्रेसको १३ औं महाधिवेशन २०७२ फाल्गुण २० बाट २३ सम्म काठमाडौमा सम्पन्न भएको हो। नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को परिच्छेद १२ को दफा ४३ बमोजिम सो महाधिवेशनको अवधि ४ वर्षको हुने कुरा उल्लेख छ । अर्थात हरेक ४ वर्षमा पार्टीको महाधिवेशन हुनु पर्ने हो।यसरी हिसाब गर्दा नेपाली कांग्रेसको १४ महाधिवेशन २०७६ को फाल्गुन २३ भित्र गर्नु पर्ने थियो तर १३औं महाधिवेशनबाट चुनिएका सभापतिलाई के लाग्यो कुन्नि विधानको सोही दफा ४३ लाई नै आधार मानेर कुनै परिस्थिति नजनाई ०७६ फाल्गुण २३ बाट एक वर्ष म्याद थपेर २०७७ फाल्गुण २३ सम्म केन्द्रीय कार्य समितिलाई लम्ब्याए। कार्यसमितिको म्याद ४ वर्ष हुनेछ भ.... पुरा पढ्नुहोस
२०१६ मा सम्पन्न भएको रियो ओलम्पिक पछि २०२० मा हुनु पर्ने ३२ औं गृष्म कालीन ओलम्पिक खेल कोभिडका कारण १ बर्ष पछि सरेर जापानको टोकियोमा यसै वर्षको जुलाई २३ बाट शुरू भै अगस्त ८ मा समापन भएको छ। बिश्वमा फैली रहेको कोभिडको प्रकोपको बाबजूद संकटकाल लगाएर भए पनि जापानले ओलम्पिक सम्पन्न गरेकोमा आयोजक राष्ट्र जापानलाई धन्यवाद दिनै पर्छ। विश्वका २०५ राष्ट्र सहभागी भएको यो कुम्भ मेलामा ३३ खेलका ३३९ ईभेन्टहरू समावेश थिए। कूल ११,०९० खेलाडीहरूको सहभागीता रहेको यो ओलम्पिक खेलमा संयुक्त राज्य अमेरिका ३९ स्वर्ण सहित प्रथम, चीन ३८ स्वर्ण सहित द्वितीय र आयोजक राष्ट्र जापान २७ स्वर्ण सहित तृतीय भए। एवं रीतले क्र.... पुरा पढ्नुहोस