धर्म भन्ने शब्द संस्कृत भाषाको धृ धातुबाट बनेको रहेछ। यसको अर्थ धारण गर्नु अर्थात लिनु हो।अर्थात लोक वा परलोकको सुख शान्तिका लागि पवित्र भावना तथा कार्य गर्नुलाई धर्म मानिने कुरा यो धृ धातुले अर्थ्याउने रहेछ। यसै गरी मनुस्मृतिको ६/९ मा धर्मको बारेमा उल्लेखित श्लोक यस्तो पाईन्छ। “ धृति:क्षमा दमोऽस्तेयं शोचं ईन्द्रिय निग्रह: धीर्विद्या सत्यं क्रोधो दशकं धर्म लक्षणं” धर्मका दशवटा विशेषता हुन्छन् भनिएको छ।ती दशवटा विशेषता विनाको कार्यलाई धर्म मानिएको छैन। ती दशवटा विशेषता हुन्:- (१) धैर्य (२) क्षमा ( अपकार गर्नेहरू उपर समेत क्षमादान ) (३) मनको नियन्त्रण (४) ईन्द्रियको नियन्त्रण (५) चोरी नगर्नु .... पुरा पढ्नुहोस
दुई वा दुई भन्दा बढी राजनीतिक दलहरूको प्रतिस्पर्धामा सरकार बनाउने ब्यबस्थालाई बहुदलीय ब्यबस्था भनिन्छ।यो ब्यबस्थामा हुने निर्वाचन आवधिक हुन्छ। देश र जनताको हितको लागि निर्धारित अवधिमा सन्चालन गरिने कार्यक्रमलाई प्रस्तुत गरेर राजनीतिक दलहरू जनताका बीचमा जाने गर्छन् र जनताले यिनै कार्यक्रम र नीतिका आधारमा अमूक पार्टीलाई मतदान दिएर सरकारमा पठाउछन्। बहुदलीय ब्यबस्थाको मर्म र उद्देश्य यही हो तर नेपालको राजनीतिक ब्यबस्थामा नेपालका राजनीतिक दलहरूमा यो अवधारणाले कति काम गरेको छ यसैको कसीमा रहेर नेपालका राजनीतिक दलहरूको मूल्यांकन यस आलेखमा गर्ने प्रयत्न गरिएको छ। नेपालको राजनीतिक ईतिहांस हेर्दा २०१५.... पुरा पढ्नुहोस