सर्वोच्च अदालत पुगेका दुई सांसदलाई कुनै कारवाही नगर्न आदेश, २९ गते दुवै पक्षलाई बोलाइयाे

khabarwave
२७ भाद्र २०७८

काठमाडौं । सर्वोच्च अदालत पुगेका दुई सांसदको हकमा तत्काल कुनै कारवाही नगर्न आदेश जारी भएको छ । नेकपा एमालेबाट नेकपा एसको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै प्रतिनिधिसभाका एमाले सांसद सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्ट सर्वोच्च अदालत पुगेका थिए । न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यतिन्जेल उनीहरुमाथि कुनै कारवाही नगर्न आदेश दिएको हो ।एमाले सांसदहरु पाण्डे र भट्ट आफूहरुलाई नेकपा एसमा सनाखत गर्न नदिइएको भन्दै अदालत गएका    थिए ।.... पुरा पढ्नुहोस

पितृहरूको सम्मान गरौं

khabarwave
२२ भाद्र २०७८

आफैले सन्तान पाएर सन्तानलाई उनीहरूको खुट्टामा उभिने बनाउदा सम्मको जिम्मेवारीले वोध गराउने रहेछ, पितृत्वको महत्व। यहा पितृ भन्नाले आमाबाबु दुबैलाई स -सम्मान स्मरण गरिएको छ। हाम्रो पूर्विय दर्शनमा मात्र हैन पश्चिमा र अन्य समुदायमा समेत आमाबाबु(पितृ) को महत्वलाई उत्तिकै स्थान दिएको पाईन्छ। बच्चाको गर्भ अबस्था देखि बच्चाको शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक विकासमा आमाबाबुको भूमिका अद्वितीय रूपमा रहेको पाईन्छ। आफ्ना बच्चाहरूलाई आबश्यक शिक्षा दीक्षा नदिने आमाबाबुलाई शत्रुको रूपमा हेरिने शास्त्रीय मान्यता छ। भनिएको पनि छ कि माता शत्रु:पिता वैरी येन वालो नपाठित: न शोभते सभा मध्य हंस मध्य वको .... पुरा पढ्नुहोस

मनोरञ्जन