काँग्रेसमा महाधिवेशन मिति तोक्ने कसरत

khabarwave
१८ कार्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेस १५औँ महाधिवेशनको मितिमा सहमति जुटाउन नसक्दा पार्टीभित्रको आन्तरिक द्वन्द्व सतहमा आएको छ। संस्थापन र संस्थापनइतर समूहबीचको रस्साकस्सीले केन्द्रीय समिति बैठकलाई बन्धक बनाएको छ भने युवा नेताहरूले पार्टी कार्यालयमै तालाबन्दी गरेर दबाब सिर्जना गर्न थालेका छन्। गत २८ असोजदेखि जारी केन्द्रीय समिति बैठक पटक–पटक स्थगित हुँदै आएको छ। महामन्त्री गगन थापा बैठकमा सहभागी नहुँदा आइतबारको बैठक पनि स्थगित भई मंगलबारका लागि सारिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमार्फत सहमति खोजे पनि निष्कर्ष निस्कन सकेको छैन। संस्थापन पक्षले आगामी आमचुनावअघि .... पुरा पढ्नुहोस

कांग्रेसमा फुट्ने कल्पना नगरे हुन्छ

khabarwave
१७ कार्तिक २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ कल्पना नगर्न आग्रह गरेका छन्। पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी भित्र मतभेद चर्किरहेका बेला शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै महामन्त्री शर्माले फरक मत र विचारकै कारण पार्टी नफुट्ने बताएका हुन्। सबैलाई एकतावद्ध गर्नु छ। फरक फरक विचारहरु छन। सबैलाई एक ठाउँमा राख्नु छ। मन्थन गर्नुछ। त्यसले गर्दा समय लागेको कुरा भन्दा पनि समयोचित निर्णय गर्ने कुराका लागि समय लगाएका हौ। कांग्रेस फुटछ भनेर कसैले कल्पना नगरे हुन्छ। नेपाली कांग्रेस भित्र फरक फरक मतहरु विगतमा पनि थिए। .... पुरा पढ्नुहोस

मनोरञ्जन