काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदैछ । माओवादीका प्रवक्ता अग्नि सापकोटाका अनुसार बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा कार्यक्रम रहेको जानकारी दिए । माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हुन लागेको हो । एकता घोषणापछि नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको छ । एकीकृत पार्टीको .... पुरा पढ्नुहोस
काठमाडौँ । भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा जेलबाट बाहिरएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा नक्खु कारागारका जेलर सत्यराज जोशीसँग सोधपुछ गरेको छ। आइतबार आयोगको कार्यालयमै बोलाएर भदौ २४ गते रवि लामिछानेलाई कसरी जेलबाट निकालियो र अरु कैदीहरू कसरी फरार भए भनेर जोशीसँग सोधपुछ गरिएको हो। आयोगका सदस्य रहेका नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्माका अनुसार जेलरसँग सोधपुछ सकिएको र अन्यसँग क्रमशः सोधपुछ थालिने छ। जेनजी आन्दोलनको घटनाको छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ। आयोगले नक्खु कारागारको विषयमा प्रहरीसँ.... पुरा पढ्नुहोस