काठमाडौं । लामो समयदेखि जारी डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद समाधानतर्फ उन्मुख भएको छ । नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच यस विषयमा सहमति हुने प्रयास बन्दै गएपछि उद्योगीहरू बक्यौता रकम धरौटीका रूपमा बुझाउन तयार देखिएका हुन् । उद्योगीहरूले डेडिकेटेड र ट्रंकलाइनमार्फत आपूर्ति गरिएको बिजुलीको बिलसम्बन्धी विवादलाई छिट्टै टुङ्ग्याउन प्राधिकरणसँग लचिलो बन्ने सङ्केत गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योगमा लाइन काटिँदा उत्पादनसँगै अर्थतन्त्रमै असर परेकाले यसको समाधान गर्न खोजिएको बताए । महासंघमा सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ढकालले भने, डेडिकेटेड र ट्रंकल.... पुरा पढ्नुहोस
काठमाडौँ । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीले हालसम्म १४१ वटा मुद्दा दर्ता गरेको छ भने ३७५ जना अभियुक्तहरू पक्राउ परेका छन्। क्षेत्रगत रूपमा हेर्दा काठमाडौँ उपत्यकामा सर्वाधिक मुद्दा दर्ता भएको देखिन्छ। उपत्यकामा ९६ वटा मुद्दा दर्ता भएका छन् भने २१८ जना अभियुक्तहरू पक्राउ परेका छन्। कोशी प्रदेशमा ४ वटा मुद्दा दर्ता भएका छन् भने ३० जना पक्राउ परेका छन्। मधेस प्रदेशमा ६ वटा मुद्दा दर्ता भई २१ जना पक्राउ परेका छन्। बागमती प्रदेशमा ११ वटा मुद्दा दर्ता भएका छन् भने ३३ जना अभियुक्तहरू पक्राउ परेका छन्। गण्डकी प्रदेशमा ७ वटा मुद्दा दर्ता भएका छन् र ३२ जना पक्राउ परेका छन्। ल.... पुरा पढ्नुहोस