काठमाडौं । ऊर्जा तथा सिञ्चाईमन्त्री पम्फा भुसाल पछिल्लो समय मन्त्रालयसँग सम्बन्धित काम कारबाहीमा अनावश्यक रुपमा हस्तक्षमा उत्रिएकी छिन् । मन्त्रि नियुक्ति भएलगत्तै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएर प्रसंसा कमाएकी मन्त्री भुसालले त्यसपछिका दिनमा मातहतका निकायमा अनावश्यक रुपमा सरुवा र नियुक्तिमा ध्यान दिँदा मन्त्रालयको काम लथालिंग भएको छ । दुई सचिव रहेको उक्त मन्त्रालयमा सचिव (सिञ्चाई) परिवर्तन, गरेकी उनले सिञ्चाई विभागको महानिर्देक, उपमहानिर्देशकहरु लगायत अन्य महत्वपूर्ण पदाधिकारीहरुको सरुवा आफ्नो रुचिका कर्मचारी लगेकी छिन् । पछिल्लो समय स्वायत्त निकायको रुपमा रहेक.... पुरा पढ्नुहोस
काठमाण्डौ । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको छ । लाहाचोकमा १३२÷३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेसनवाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति दिइनेछ । यसवाट त्यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरिय र भरपर्दो हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो । उहाँले भन्नुभयो “पोखरावाट त्यस क्षेत.... पुरा पढ्नुहोस