काठमाण्डौ । एनआईसी एशिया बैंक लिमीटेडको खराब कर्जाको अनुपातमा सुधार हुन थालेको छ । बैंक व्यवस्थापनले रिकभरिमा ध्यान दिंदा खराब कर्जा अनुपात बिस्तारै सुधार हुन थालेको देखिएको हो । आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासको शुक्रबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अनुपातमा सुधार भई १.७४ प्रतिशत रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको यही त्रैमासमा २.०८ प्रतिशत थियो । यसरी खराब कर्जाको अनुपात अघिल्लो वर्षको तुलनामा १६.३४ प्रतिशतले सुधार भएको देखिएको छ । खराब कर्जामा सामान्य सुधारसँगै बैंकको नाफा पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ११ करोड खूद नाफा कमाएको बैंकको चालु आर्.... पुरा पढ्नुहोस
काठमाण्डौ । आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमाससम्ममा एभरेष्ट बैंक लिमीटेडले खूद नाफा, वितरणयोग्य मुनाफा, खराब कर्जा अनुपात लगायतका मुख्य सूचकहरुमा राम्रो सुधार गरेको छ । समीक्षा अवधिमा बैंकको खूद नाफा १ अर्ब १७ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १२ करोडमा सीमित थियो । अघिल्लो वर्षको समान अवधिमा १ अर्ब ६१ करोड रहेको सञ्चालन मुनाफा बढेर १ अर्ब ६८ करोड पुगेको छ भने २ अर्ब १३ करोडमा सीमित खूद ब्याज आम्दानीमा पनि सुधार भई २ अर्ब ४० करोडको उचाई पार गरेको छ । पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ४९ करोड रहेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा २ अर्ब १५ करोड मात्र थियो ।.... पुरा पढ्नुहोस