बारा । बारा जिल्लाको जितपुर उपमहानगरपालिका वडा नं.८ र २० मा बोधिमाइ मोर्डन एग्रो फरेस्टी सञ्चालनमा आएको छ । कीर्तिपुर र उदयपुरका युवा व्यवसायीहरुको समूहले करिब ६० बिगाहा जग्गामा उक्त फरेस्टी सञ्चालनमा ल्याएका हुन् । कीर्तिपुरका युवा व्यवसायी दिनेश दर्शनधारीको नेतृत्वमा रहेको उक्त समूहले विगत चार वर्षदेखिनै उक्त फरेस्टी सञ्चालनका लागि लगानी गरी पूर्वाधारका काम अगाडि बढाउँदै आएका थिए । कृषिमार्फत् पर्यटन, विकास र रोजगारीको क्षेत्रमा विकास गर्न सकिन्छ भन्ने उद्देश्य राखेर करोडौंको लगानी भइसकेको सो क्षेत्रमा अहिलेसम्म भैसी पालन, होमस्टे, माछा पालन, हास, खुकुरा पालनका साथै तरकारी खेतीको शुरुआत गरिए.... पुरा पढ्नुहोस
हरेक नेपालीलाई आफ्नो सीमाना मुटु भन्दा प्यारो हुन्छ। मन लागे पनि नलागे पनि हामीले हाम्रो सीमाना सन् १८१५ को सुगौली सन्धीले दिएको निर्देशनलाई पालना गरेर सोही बमोजिम मान्ने गरेका छौ। यो सुगौली सन्धीबाट हाम्रो छिमेकी देश भारत संगको सीमानालाई निर्धारण गरेको छ। चीन र नेपाल बीच हिमालयले सीमाना छुट्याएको छ जुन १३९० किमी छ र यो स्थीर हुनाले त्यति विवाद पनि आएको छैन चीन र नेपाल बीच। तर भारत र नेपाल बीच छुट्टिएको सीमाना नदीनाला र जमीनबाट छुट्याईएको छ र जसमा बेला बेलामा विवादहरू देखा परिरहन्छन्। यसरी जमीन र नदीवाट सीमाना छुट्टिए पनि यसको लागि स्थायी संरचना वा पिलर बनाएर यसलाई विवादमुक्त पार्ने प्रयास पनि.... पुरा पढ्नुहोस