काठमाण्डाै । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको बताइएकाे छ। भट्टराईसहित गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई समेत स्पष्टीकरण सोधिएको बताइएकाे छ। आयोग कानुनको पालना मात्र गर्ने निकाय भएकाले आचारसंहिता कडाइका साथ पालना गरिएको थपलियाले बताए। शुक्रबार बाबुरामले मतदान गरेलगत्तै सामाजिक सञ्जाल मार्फत मतपत्र सार्वजनिक गरेका थिए।.... पुरा पढ्नुहोस
यही अप्रिल १ देखि ३ सम्म नेपालका प्रधान मन्त्री शेर वहादुर देउवाले भारतीय समकक्षीको निमन्त्रणामा छिमेकी देश भारतको भ्रमण गर्दैछन् र यो भ्रमण यो सरकार बनी सके पछिको पहिलो औपचारिक भ्रमण हो। हुन त यो भन्दा अगाडि पनि देऊवाको जनवरी १० देखि १३ सम्म भारतको गुजरातमा हुन गै रहेको गुजरात ग्लोवल समीटमा जाने कार्यक्रम थियो तर कोभीड-१९ का कारणले उक्त कार्यक्रम नै स्थगित भए संगै देऊवाको भ्रमण रोकिएको थियो। नेपालमा सरकार परिवर्तन भए पछि पहिलो औपचारिक भ्रमण दक्षिणी छिमेकी देश भारतबाट आरम्भ गर्ने चलन रहदै आएको छ। हुन पनि भौगोलिक अवस्थितिका कारण मात्र नभएर भारत संग नेपालको ऐतिहासिक , सांस्कृतिक एवं आर्थिक तव.... पुरा पढ्नुहोस