काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसीमा सहमति जुटाउन आज बिहानै संसदीय समितिको बैठक बोलाइएको छ । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान पौने आठ बजे बस्दैछ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संसोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ । हिजो बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा पनि यो विधेयकबारे छलफल भएको थियो । हिजै विधेयक पास गर्ने गरी बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले समय मागेपछि स्थगित भएको थियो । प्रधानमन्त्.... पुरा पढ्नुहोस
काठमाडौं। राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबा निर्वाचित १९ जना सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ। जसअनुसार कोशी प्रदेश बिजयी कांग्रेसका कृष्ण सिटौला र एमालेकी रूक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगाना, बागमतीमा कांग्रेसका विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल, गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठले पद तथा गोपनियताक.... पुरा पढ्नुहोस