काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘इन्टरनेसनल मेयर अवार्ड’ पाएकी छन्। बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा आयोजित समारोहका बीच गएराति उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। सम्मान ग्रहणपछि मेयर दाहालले भनेकी छन्, बेलायतको संसद् भवन हाउस अफ कमन्सस्थित लन्डनका मेयर सादिक खान, मरिससका पहिलो महिला राष्ट्रपति अमिना फकिमलगायतका उच्च नेतृत्व क्षमता प्रदर्शन गरेका व्यक्तित्वहरूका बीच सँगै सम्मान ग्रहण गर्दा गौरवान्वित महसुस भएको छ। मेयर रेनुसँगै लन्डनका मेयर खानलाई लोकल गभर्नमेन्ट अवार्ड र राष्ट्रपति फकिमलाई इन्टरनेसनल वम्यान अफ द इयर अवार्ड दिइएको थियो। सो अवसरमा पोलिटिकल एन्ड पब्लिक ला.... पुरा पढ्नुहोस
काठमाडौं । आज महाशिवरात्री पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्री भगवान शिव उत्पत्ति हुनु भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो । हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ । महाशिवरात्री आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो । देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ । हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ । आजको दिन उपवास गरी शिवको पूजा आराधा.... पुरा पढ्नुहोस