राष्ट्रियसभामा काँग्रेस, माओवादीप्रति प्रतिस्पर्धा, एमालेलाई साथ

khabarwave
२६ फाल्गुन २०८०

काठमाडौं । माओवादीको भर पर्दा एमालेसँगको सहकार्य तोडेको काँग्रेसले राष्ट्रियसभामा भने एमालेप्रति सद्भाव देखाउने भएको छ । सत्ता गठबन्धन परिवर्तन भएसँगै नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार नबनाउने भएको छ। आगामी २९ गते राष्ट्रिय सभा अध्यक्षको चुनाव हुँदै छ। माओवादीसहित गठबन्धन हुँदा कांग्रेसबाट सिटौलालाई अध्यक्ष बनाउने सहमति जुटेको नेताहरुले दाबी गरेका थिए। उनलाई अध्यक्ष बनाउनकै लागि राष्ट्रिय सभामा निर्वाचित गरिएको नेताहरुले बताएका थिए। तर, फागुन २१ गते कांग्रेससहितको ८ दलीय गठबन्धन टुटेर एमाले–माओवादीसहितको पाँच दलीय नयाँ बनेको छ।राजनीतिमा आएको नाटकीय परिवर.... पुरा पढ्नुहोस

राष्ट्रिय सभा अध्यक्षको उम्मेद्‌वारी दर्ता सोमबार, निर्वाचन मंगलबार

khabarwave
२६ फाल्गुन २०८०

काठमाडौं। राष्ट्रिय सभाको अध्यक्षका लागि आउँदो २८ सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी दर्ताको मिति फागुन २८ गते सोमबारका लागि तय भएको हो। दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गरी फागुन २८ सोमबार उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले बताइन्। उहाँको अध्यक्षतामा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल भएको थियो। समितिमा.... पुरा पढ्नुहोस

मनोरञ्जन