काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् । मंगलबार साँझ सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा उनीहरुले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन पहल गर्न आग्रह गरेका छन् । सरकारले के गर्दा उनीहरुलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न आफन्तहरुको आग्रह छ । जवाफमा परराष्ट्र मन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताए । सरकारले उनीहरुलाई नेपाल फर्काउनका लागि प्रयास गरिहेको श्रेष्ठको भनाइ छ । भेटवार्तापछि सञ्चारकर्.... पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिदैछन्। प्रधानमन्त्री भएको १४ महिनाको अबधिमा प्रचण्डले तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस १० मा एमालेको समर्थन तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक पुष २६ गते संसदमा विश्वासको मत लिएका थिए । यही कार्यकालका दोस्रो पटक चैत्र ६ गते विश्वासको मत लिएका थिए भने एउटै कार्याकालमा अहिले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । नेकपा (एमाले), रास्वपा, राप्रपालगायतका दलहरुको समर्थनमा २०७९ साल पुस १० गते पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते पह.... पुरा पढ्नुहोस