काठमाडौं । अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका ३३औं महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरीको प्रणाली भत्किने, फेरि बिचौलियाहरू हाबी हुने चर्चाबीच सरकारले कार्कीलाई सोमबारको मन्त्रिपरषद् बैठकमा ३३ औँ आईजीपी बनाएको हो । कार्की एआईजीको वरीयतामा पनि पहिलो नम्बरमा थिए । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ यही कात्तिक २६ गतेदेखि अवकाशमा जानुअघि नै सरकारले कार्कीलाई जेन(जी आन्दोलनपछिको चुनौतीपूर्ण समयमा जिम्मेवारी सुम्पेको हो । यही कात्तिक २७ गतेदेखि प्रहरी संगठनको कमान्ड सम्हाल्ने उनका सामु आगामी फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनु म.... पुरा पढ्नुहोस
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका संस्थागत निजी विद्यालयलाई कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै उक्त नियम अनुसार छात्रवृत्ति पाएका विद्यार्थीको नामावली सङ्कलन गरी पेस गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको जानकारी गराएका हुन् । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पठाएको परिपत्रमा शिक्षा ऐन, २०.... पुरा पढ्नुहोस