काठमाडौं । सबैले कानुनको नजरले समान देख्थ्यो भने यो देशमा सुशासन कायम हुन्थ्यो । बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिन सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान लिने क्रम जारी रहेको स्रोतले बतायो ।आज बिहान सिआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बयान थालिएको हो । उनी आफैं बिहान सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए । बाँसबारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र .... पुरा पढ्नुहोस
काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। आइतबार रुपन्देही जिल्ला अदालतले उनलाई ८ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए। माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले शुक्रवार साँझ काठमाडौँमा पक्राउ गरेको थियो। उनलाई प्रहरीले शुक्रवार राति नै बुटवल ल्याएको थियो। दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा हुन् । इलाका प्रहरी कार.... पुरा पढ्नुहोस