एसईई परीक्षामा १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदै

khabarwave
११ चैत्र २०८०

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि यस वर्षको सबै तयारी पूरा भएको छ । १५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुर्‍याउनेजस्ता तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् । एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् । देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । कुल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।बोर्डले एसईई .... पुरा पढ्नुहोस

अब एक घण्टामै श्रम स्वीकृती

khabarwave
८ चैत्र २०८०

काठमाडौं । बैदेशिक रोजगारिमा जानेहरुले अबदेखि एक घण्टामै श्रम स्वीकृत पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आगामी शुक्रवारदेखि एक घण्टामैश्रम स्वीकृत दिने भएको छ । यसअघि श्रम स्वीकृत लिन छिटोमा तीन दिनदेखि एक साता समय लाग्ने गरेको थियो । श्रम स्वीकृत दिने कार्यलाई छिटो र छरितो बनाउन सरकारले शुक्रवारदेखि यो व्यवस्था लागू गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले बताउनुभयो । मन्त्री अर्यालले श्रम स्वीकृत लिन वैदेशिक रोजगार विभागमा ठुलो भ्रष्टाचार र ठगी भएका कारण त्यसलाई व्यवस्थित गर्न शुक्रवारदेखि वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणाली सुरु हुने ब.... पुरा पढ्नुहोस

मनोरञ्जन