शरतसिंहले जाँदाजाँदै गरेको ठूलो घात

khabarwave
१७ चैत्र २०८०

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेका शरतसिंह भण्डारीले सरकारबाट बिदा हुनु २ दिनअघि रुसको श्रम स्वीकृति खुला गरिदिएको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका उनले फागुन १६ गते श्रम स्वीकृति खुला गरेका थिए। त्यसको दुई दिनपछि भण्डारी मन्त्रीबाट हटेका थिए। तर जाने बेलामा भण्डारीले एउटा म्यानपावर कम्पनीका लागि श्रम स्वीकृति दिने निर्णय सचिवस्तरबाट गराएको खुलेको छ। सरकारले गएको पुस १९ गते रुसमा श्रमिक रोक्न श्रम स्वीृकति नै बन्द गर्ने निर्णय गरेको थियो। तर यो वर्ष पनि वैदेशिक रोजगार विभागबाट ३७० जना रुस पुगिसकेको तथ्यांकले देखाएको छ। विभागका महानिर्देशक डण्डुराज घ.... पुरा पढ्नुहोस

उपनिर्वाचनको सुरक्षा मजबुत बनाउन निर्देशन

khabarwave
१७ चैत्र २०८०

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम २ मा वैशाख १५ गते हुने उपनिर्वाचन तयारीबारे जानकारी लिएका छन्। इलाम पुगेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन दिएका हुन्। एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उपनिर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोतसाधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र जनविश्वसनीय योजना बनाउनु होला, उनले भने। निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन गृह मन्त्रालयले तत्काल गर्नुपर्ने काम भए जानकारी गराउन निर्देशन दिँ.... पुरा पढ्नुहोस

मनोरञ्जन