गृहमन्त्रीको कुर्सीमा कसले दागाधर्यो

khabarwave
२० फाल्गुन २०८०

काठमाडौं । मुलुकको सुशासनको लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको योगदानलाई जनताले हेरिरहेका छन् । उप्रधान तथा गृहमन्त्री श्रेष्ठले आफूलाई पदबाट हटाउन आन्तरिक तथा बाह्य शक्ति लागिपरेको बताएका छन् । शनिबार गृहमन्त्रीसँग ‘सम्वृद्धि र सुशासनका कुरा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले सोधेको प्रश्नमा उनले आफूलाई हटाउन आन्तरिक तथा बाह्य शक्तिहरु लागि परेको कुरा सत्य रहेको बताएका हुन् । तपाईँको जनपक्षीय कामबाट आपत्तिएर आन्तरिक तथा बाह्य शक्तिहरु तपाईँलाई गृहमन्त्रीबाट हटाउन लागेको देखिन्छ । यसलाई कसरी प्रतिवाद गर्नुहुन्छ ? भन्ने सहभागीको प्रश्नमा उनले भने, मैले सबै कुरा त्याग्न तयार .... पुरा पढ्नुहोस

चैत २१ सम्म किसानले सबै भुक्तानी पाउने, ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता

khabarwave
२० फाल्गुन २०८०

काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति भएको छ। कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा सहमति भएको हो। केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्ने, उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने सहमति भएको छ। त्यसैगरी उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा .... पुरा पढ्नुहोस

मनोरञ्जन