जीवित बन्धकको सूचीमा विपिन जोशी

khabarwave
२६ आश्विन २०८२

काठमाडौं । गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको सार्वजनिक भएको छ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम समेटिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो । यसअघि सिएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख थियो । वाशिङ्टन पोस्टसँगै टाइम्स अफ इजरायल, एपीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ । जीवित रहेको विश्वास गरिएका बन्धक सबै पुरुष हुन्, ज.... पुरा पढ्नुहोस

पुनर्निर्माण कोषमा योगदान गर्न सरकारको आह्वान

khabarwave
९ आश्विन २०८२

काठमाडौं । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको जानकारी दिँदै कोषमा योगदान गर्न आह्वान गरेका हुन् । सरकारले आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि भौतिक पूर्वाधार पुनर्निर्माण समिति ९गठन० आदेश, २०८२ जारी गर्दै कोषको स्थापना गरेको हो । म.... पुरा पढ्नुहोस

मनोरञ्जन