काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत धनप्रसाद पण्डितले भने, हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षण गरेपछि मात्र पुष्टि हुन्छ । रिपोर्ट आउन करिब ४ घण्टा लाग्ने भनिएको छ । त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुन्छ । उनका अनुसार इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्.... पुरा पढ्नुहोस
काठमाडौं । नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक कन्सल जनरलरकन्सलहरूले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको निलो नम्बर प्लेट खारेज गरिएको छ। अवैतनिक कन्सल जनरलरकन्सलसम्बन्धी अन्तर्राष्ट्रिय कानुन, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९, हालको प्रचलनबमोजिम निर्णय लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अवैतनिक कन्सुल जनरलरकन्सुलहरूले आफूले प्रयोग गर्ने सवारीसाधनमा निलो नम्बर प्लेट राख्ने गरेका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीका अनुसार मन्त्रिपरिषद् बैठकले सो सुविधा खारेज गरेको हो। निलो नम्बर प्लेटका सवारीसाधनहरूको दुरूपयोग भएको भन्ने गुनास.... पुरा पढ्नुहोस