काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पानले नेपाल धितोपत्र बोर्ड (सेबोन) का कारण विगत २८ महिनादेखि जलविद्युत कम्पनीहरुको आईपीओ र हकप्रद शेयर निष्काशन रोकिएको भन्दै यसले समग्र ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको छ । आज पत्रकार सम्मेलन आयोजना गर्दै इप्पानले सेबोनका नीतिगत अवरोधका कारण लगानीकर्ता निरुत्साहित भएको र निर्माणाधीन आयोजनाहरुमा गम्भीर आर्थिक संकट सिर्जना भएको जनाएको छ । इप्पानका अनुसार हाल ४३ कम्पनीको आईपीओ र ७ कम्पनीको हकप्रद गरी कुल ५० कम्पनीको २३ अर्ब २७ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन रोकिएको छ । समयमा शेयर जारी हुन .... पुरा पढ्नुहोस
काठमाडौं। नेपालले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ। ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो। जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो। यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो। गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अंकको आवश्यक पर्दथ्यो। तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वक.... पुरा पढ्नुहोस