पोहोर गरेका हस्ताक्षर प्रचण्ड – माधव पक्षले अहिले आफुविरुद्ध बिक्री गरेको प्रधानमन्त्री ओलीकाे आरोप

khabarwave
१७ फाल्गुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न‘’ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा प्रचण्ड–माधव पक्षलाई आविश्वास प्रस्ताव ल्याएर देखाउन चुनौती समेत दिए । ‘राजीनामा लेख्दिनँ । राजीनामा लेख्नुपर्ने अवस्था होइन, छैन । मैले अरु पनि बाटा समाउन सक्छु । त्यो अविश्वासको प्रस्ताव पारित गरेर मलाई हटाउने बाटो पनि छ’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले संसदीय दलमा पनि आफनै बहुमत रहेको भन्दै पोहोर गरेका हस्ताक्षर प्रचण्ड माधव पक्षले अहिले आफुविरुद्ध बिक्री गरेको आरोप लगाए । ‘बहुमत छ भनेर छाति पिट्नु बेग्लै हो । पोहोर गरेका हस्ताक्षर अहिले बिक्री.... पुरा पढ्नुहोस

आधा दर्जन कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री आज पोखरा जाँदै

khabarwave
१७ फाल्गुन २०७७

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओली आज  साेमबार  बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा जाँदैछन् ।    पोखरा सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा सहभागी हुन र भेलालाई सम्बोधन गर्न उनि त्यता जान लागेका हुन । त्यसैगरी प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने र दिँउसाे १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न  पोखरा सभागृह जाने कार्यक्रम तय भएको बताइएकाे छ ।पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले मापदण्ड बनाएको छ । पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंग.... पुरा पढ्नुहोस

मनोरञ्जन