काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप आज सांसदहरुले लगाउदैछन ।सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ । संघीय संसद सचिवालयले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको जनाएको छ ।आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पन खोप लगाइने छ । .... पुरा पढ्नुहोस
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई बुधबार दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाडाँमा अनिवार्य पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । निर्देशनपछि उपत्यकाबाहिर विभिन्न कार्यक्रममा रहेका नेताहरु राजधानी फर्कदैछन् । केन्द्रीय कमिटी बैठक बोलाइएपछि कतिपय पूर्वनिर्धारित कार्यक्रमसमेत स्थगित गरिएको छ । स्थायी कमिटि बैठक बुधबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाडाँमै बस्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बस्ने र आफ्नो समूहका नेताहरुलाई अनिवार्य उपस्थित गराउने निर्णय गरेको हाे । .... पुरा पढ्नुहोस