हात्ती आयो फुस्सा…

khabarwave
२२ फाल्गुन २०७७

आन्तरिक झगडाले भंग भएको प्रतिनिधि सभा पुनर्स्थापित हुदाका दिन खुसीयाली मनाएर लड्डू खाने ख्वाउने गरेका दाने समूह अहिले बिलखम्बमा परेका छन्।किनभने प्रतिनिधि सभा पुनर्स्थापित भए पछि ओलीले सरक्क राजिनामा देलान् र सरकार र पार्टीको सोलो डोलो रजाई आफ्नो समूहको हुन्छ भन्ने सोचाई दाने समूहको थियो तर परिस्थिति त्यस्तो देखा परेन। पार्टीको आधिकारिता आफ्नो पक्षमा पार्न दुबै पक्ष असफल भएको स्थितिमा जीऊ जोडिएको तर टाउको दुईबटा भएको शरीर जस्तो भएको छ हाल नेकपा नामको पार्टी। सत्तामा रहेर पनि आधा प्रतिपक्ष र आधा सत्ता पक्षको रूपमा नेकपा देखिएको छ। सत्तामा रहेर पनि सत्ताको चास्नीमा डुब्न नपाएको र सत्ताको भाग .... पुरा पढ्नुहोस

ओली भन्छन – नेकपा संसदीय दलको नेता यता रहेको तर उता दलको बैठक राखेर तमासा देखाए

khabarwave
२१ फाल्गुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले  विप्लवले चालेको शान्तिपूर्ण राजनीतिमा आउने कदम साहसिक भएको बताउदै विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताएका छन । सहमतिपत्रमा हस्ताक्षरका लागि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले भने-झण्डै १० वर्षदेखि नै विश्वासको वातावरण रहेको र त्यसैको जगमा अहिलेको सहमति भएको बताए । गत वर्ष सरकारले पृथकतावादी आन्दोलनमा हिँडेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यही राष्ट्रिय राजनीतिको मूल धारमा आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि आएको प्रस्ट पारे । उनले आफूहरु एउटै उद्देश.... पुरा पढ्नुहोस

मनोरञ्जन