अदालतले बैंकिङ कसुरजन्य अपराध ताेकिएर फरार ढुङ्गाना पक्राउ

khabarwave
५ चैत्र २०७७

काठमाण्डाै । नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मङ्गलबार पक्राउ गरेको हो।ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनको विसं २०७७ माघ ५ को फैसलापछि एक महीना कैद र बिगोबमोजिम रु एक करोड ८५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका ढुङ्गानालाई मङ्गलबार धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका ढुङ्गानाले आफ्नो प्रभु बैंक लिमिटेड सुकेधाराको खातामा प.... पुरा पढ्नुहोस

प्रधानमन्त्री ओलीले भाेली बाेलाए संसदीय दलको बैठक, नेपाल समूहका सांसदहरु नजाने

khabarwave
४ चैत्र २०७७

काठमाडौं । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन । उनले सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरेका छन । तर नेकपा एमालेको नेपाल समूहका सांसदहरु  ओलीले बिहीबार बोलाएको संसदीय बैठकमा नजाने भएका छन् ।बुधबार सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त भएकाले बैठकमा जान नसक्ने सांसद एवं सचिव योगेश भट्टराईले बताएका छन । आफूहरुको राष्ट्रिय भेलाबारे प्रधानमन्त्री एवं संसदीय दलको सचिवालयलाई जानकारी रहेको भन्दै दलको बैठकमा जान कुनै समस्या नभएकाे  तर भेलामा व्यस्त भएकाले नजाने बता.... पुरा पढ्नुहोस

मनोरञ्जन