तीन जना वरिष्ठ सहसचिव सचिब बढुवाकालागि सिफारिस

khabarwave
६ चैत्र २०७७

काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवहरू मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेश प्रसाद पाण्डेको नाम सचिव बढुवाकालागि  सिफारिस गरेको छ । बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको हाे । सिफारिस गरिएका तीन सहसचिवमध्ये पौड्याल राष्ट्रिय सूचना आयोगमा र रेग्मी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रशासन महाशाखामा  पाण्डे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् ।अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय.... पुरा पढ्नुहोस

दुइ सचिबमा बढुवासँगै कानुन सचिवमा सापकोटाकाे सरूवा

khabarwave
६ चैत्र २०७७

काठमाडौँ । न्याय सेवा आयोगको  बैठकले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता श्याम कुमार भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सहसचिव तोयानाथ अधिकारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणी(सचिव ) मा बढुवा गर्ने निर्णय गरेको छ।भट्टराईलाई सोही कार्यालयको नायव महान्यायाधिवक्ता र अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापनसमेत गरेको छ । बैठकले कानुन सचिवमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई सरुवा गरेको छ ।त्यसैगरी बिहिबार बसेकाे मन्त्रिपरिषद्को बैठकले नियमित प्रस्तावहरुमाथि छलफल तथा निर्णयसँगै केही नियुक्तीहरु गरेकाे बताइएकाे छ ।.... पुरा पढ्नुहोस

मनोरञ्जन