लोकसेवा आयोग पदाधिकारीबिहिन हुँदा परिक्षासम्बन्धी सम्पूर्ण काम राेकियाे

khabarwave
११ चैत्र २०७७

काठमाडौँ । मंगलबारबाट लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीसहित पाँचै जना पदाधिकारीको पदावधि सकिएको छ।अध्यक्ष मैनालीसहित ७ जना पदाधिकारीको २०७१ चैत ११ मा नियुक्ति भएकोमा दुई जना यसअघि नै उमेर हदको कारण अवकाश भइसकेका छन् भने बाँकी रहेका सबै पदाधिकारी एकै दिन आयोगबाट बिदा भएका हुन् । अध्यक्ष उमेशप्रसाद मैनालीसहित सदस्य बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे पदावधि  सकिएको हो।आयोग पदाधिकारी विहीन भएसँगै आयोगका सूचना, विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, बढुवालगायत कामहरू रोकिएका  छन् ।.... पुरा पढ्नुहोस

कोरोना भाइरसकाे संक्रमित दर बढ्दाे, एकैदिन १सय८८ संक्रमित भेटिए

khabarwave
१० चैत्र २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १८८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ४ हजार ३२ जनाको नमुना परीक्षण गर्दा १८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे।केही दिनयता सरकारले कोरोना परीक्षण बढाएसँगै संक्रमितको संख्या पनि बढ्न थालेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । तीमध्ये मंगलबार थप ७७ सहित २ लाख ७२ हजार ९७ जना निको भएका छन् भने ३ हजार १९ जनाको मृत्यु भएको छ ।हाल देशभर १ हजार १२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।.... पुरा पढ्नुहोस

मनोरञ्जन