काठमाण्डाै । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु वेपत्ता भएपछि गाउँमा त्रास उत्पन्न भएको छ । प्रहरीले घाँस काट्न गएका ७ जना किशोरी र बालिका वेपत्ता भएकाे र खोजी गरिरहेका जनाएकाे छ । तर अहिलेसम्म कुनै सूचना प्राप्त नभएकाे बताइएकाे छ । वेपत्ता भएकामा १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान रहेका छन । .... पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् । पहिलो बजेटमै जेष्ठ नागरिक भत्ता किन बढाइएन भनेर धुम मच्चाइयो र हामीले गत बजेटमा बढायौं’ मंगलबार रिपोर्टस क्लवको बार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अब पनि साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अलिकति बढ्छ नै । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा वृद्धभत्ता मासिक ५ हजार दिने भनेको थियो । सरकारले अहिलेसम्म मासिक ३ हजार दिँदै आएको छ । आफ्नो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा धेरै कामहरु गरेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘सामाजिक सुरक्षाका क्षेत्रमा थुप्रो कामहरु हामीले गर्यौ.... पुरा पढ्नुहोस