काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाइका लागि अनुमति नदिने निर्णय सुनाएकाे हाे ।अदालतको यो फैसलापछि नेकपा नाम विवादमा सर्वोच्चे २३ फागुनमा गरेको फैसला नै अन्तिम भएको छ । यसअघि गत फागुन २३ गते ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी नामको दल पहिल्यै दर्ता .... पुरा पढ्नुहोस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा राख्न अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले तीनै तहका अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको हाे । त्यसका लागि ती अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।त्यस्तै कोरोना संक्रमण परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशालालाई पनि तयारी अवस्थामा राख्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । २०० भन्दा बढी शय्या भएको अस्पतालमा अक्सिजन रिफिलिङ ट्यांक स्थ.... पुरा पढ्नुहोस