काेराेना संक्रमण बढेकाे भन्दै सरकारले ताेक्याे सिमा, सक्रिय संक्रमित बढ्दै गए आवागमनमा कडाइ गरिने

khabarwave
२५ चैत्र २०७७

काठमाडौं । सरकारले संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । यसैगरी ठूला शहरहरुमा ५०० भन्दा बढी र साना शहरहरुमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ । विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न यस्तै ब.... पुरा पढ्नुहोस

पदमुक्त हुने माननीयहरूकाे केन्द्र र प्रदेशमा लर्काे

khabarwave
२४ चैत्र २०७७

काठमाण्डाै  । माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् ।प्रदेश सभाको मंगलबारको बैठकमा न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराइएकाे हाे । प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ।लुम्बिनी प्रदेशको कुल ८७ सांसदमध्ये सभामुखसहित माओवादी केन्द्रका २० सांसद छन् । दुई जना पदमुक्त भएपछि अब माओवादी केन्द्रसँग १८ सांसद कायम रहनेछन् । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ ।अध्यक्ष पुष्पकमल दा.... पुरा पढ्नुहोस

मनोरञ्जन