काठमाडौं । दोलखाको सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिगु गाउँपालिका–४ मा गएराति साढे १० बजेतिर भएकाे दुर्घटनामा १७ जना घाइते भएका बताइएकाे छ । दुर्घटनामा मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अ जिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चन्दिका थापा रहेको दोलखा प्रहरीले जानकारी दिएकाे छ।घाइतेमध्ये १० जनालाई गएराति नै काठमाडौंमा उपचार गर्न पठाइएको छ भने अन्यको सदरमुकाम चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।सो जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको छ ।.... पुरा पढ्नुहोस
काठमाडौं । भारतको उत्तर प्रदेशमा कोरोना संक्रमण बढेपछि सबै विद्यालयहरु बन्द गरिएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश सरकारले ३० अप्रिलसम्म विद्यालयहरु बन्द गराएको हो । दिनहुँ एक सयजना नयाँ संक्रमित फेला परेका वा पाँच सय सक्रिय संक्रमित भएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यु जारी गरिएको हो ।कतिपय जिल्लाहरुमा रात्रिकालीन कर्फ्युसमेत लगाइएको बताइएकाे छ ।राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागु हुने जानकारी दिइएकाे छ । यसअघि आठ कक्षासम्मका कक्षाहरु ११ अप्रिलसम्मका लागि बन्द गराएको उत्तर प्रदेश सरकारले सोमबारबाट सबै स्कुलहरु ३० अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको हो ।सरकारले खुला स्थानम.... पुरा पढ्नुहोस