काठमाण्डाै । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि शाहीको पद जोगिएको हाे । मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ भने प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । मतदानमा प्रदेशसभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो ।नेकपा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको .... पुरा पढ्नुहोस
काठमाण्डाै । बुधवार बिहान प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएको छ । नयाँ वर्षमा स्वर्गद्वारी दर्शनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी बुधवार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए । स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास.... पुरा पढ्नुहोस