काठमाडौँ । केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे नेकपा नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज बस्दै छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकले यसबारे निर्णय लिनसक्ने बताइएकाे छ ।नयाँ सरकार गठनका लागि स्पष्ट खाका तयार नभएकाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गरेको हो । मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादी स्थायी कमिटी बैठकमा पनि समर्थन फिर्ताबारे छलफल भएपनि निर्णय हुन नसकेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।उनले नयाँ सरकार गठनका लागि काँग्रेसलगायतका दलसँग छलफल भइसकेको र त्यसले छिट्टै निष्कर्षमा प.... पुरा पढ्नुहोस
काठमाण्डाै । लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका सोमबार बिहान लागि हस्ताक्षर गरेका सन्तोष पाण्डे र सुमन रायमाझीसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन जनता समाजवादी पार्टी संसदीय दलले निर्देशन दिएको हो । पार्टी र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै मन्त्री बनेको भन्दै चार सांसदलाई संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको हाे । संसदीय दलका नेता सहषराम यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ ९क० र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको जानकारी दिए । पत्रमा सोधिएको छ–पा.... पुरा पढ्नुहोस