काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा सिंगापुर पुगेका छन् । देउवा दम्पती सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुरतिर लागेका थिए । उनीहरूलाई सिंगापुरको चाङ्गी विमानस्थलबाट ह्वील चियरमा राखेर अस्पतालतर्फ लगिएको छ । उनीहरू काठमाडौंको विमानस्थलबाट भने हिँड्दै बिदा भएका थिए । भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीबाट मरणासन्न हुने गरी आक्रमणमा परेका थिए ।.... पुरा पढ्नुहोस
काठमाडौं । समयअनुकूल सेवा सुविधा बढाउनुपर्ने माग राख्दै नेपालभरका विभिन्न मेडिकल कलेजका नर्सहरू आन्दोलित छन्। चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजका नर्सहरूले गत असोज ८ गते सुरु गरेको आन्दोलन हाल पोखरास्थित गण्डकी, मणिपाल मेडिकल कलेज, विराटनगरस्थित विराट मेडिकल कलेज, काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, भैरहवास्थित युनिभर्सल मेडिकल कलेजलगायतमा समेत फैलिएको छ। उनीहरू सरकारी पाँचौं तहसरहको पारिश्रमिक, कार्यभारअनुसारको अतिरिक्त भुक्तानी, चाडपर्व भत्ता लगायतका मागसहित आन्दोलनमा उत्रिएका हुन्। देशव्यापी रूपमा आन्दोलन गरिरहेका नर्सहरूको सामूहिक आवाज छ– हामी मेसिन होइनौं, १५ हजारले घर चल्द.... पुरा पढ्नुहोस