काठमाडौं । काठमाडौं उपत्यका ( काठमाडौं, ललितपुर र भक्तपुर) मा विहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो । उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने र थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु विहानैदेखि सुनसान देखिएका छन् । निषेधाज्ञा अबधिमा डिपार्टमेन्टल स्टोर, खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सन्चालन गर्न पाइने छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई क.... पुरा पढ्नुहोस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो छ भने कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँमा १ हजार ६०२, बाँकेमा ५१५, रुपन्देहीमा ३८३, ललितपुरमा २४०, दाङमा २३० जना, कास्कीमा १२९, भक्तपुरमा १२४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै बर्दिया .... पुरा पढ्नुहोस