कार्तिक १ बाट शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु हुने

khabarwave
९ आश्विन २०७७

काठमाडौं । राजधानीको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पताल महाराजगञ्जमा कार्तिक १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम लागु हुने भएको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा राधिका थपलियाले आज शिक्षण अस्पताल र बोर्डबिच आज सम्झौता भएको जानकारी दिँदै कार्तिक १ गतेबाट कर्यक्रम लागु हुने बताइन्।
उक्त सम्झौतामा बोर्डका तर्फबाट निमित्त कार्यकारी निर्देशक डा राधिका थपलियाm उपसचिव कृष्णप्रसाद आचार्य र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले र अस्पतालका योजना शाखा प्रमुख दिपक तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। हालसम्म शिक्षण अस्पतालम स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थिएन। हालसम्म देशभरका ३ सय ४९ अस्पताल र स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको छ। हालसम्म देशभर ३१ लाख ५० हजार ७सय८४ जना व्यक्ति बिमित छन्।

Loading spinner