सीमा नाकामा भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान

khabarwave
२४ चैत्र २०७७

काठमाण्डाै ।     नेपाल–भारत सीमा नाकामा  लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा सोमबार साँझ प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए।कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित त्यस क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो।

भाला र पेस्तोलसहित आएका तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भएकाे र  तस्करको समूहबाट प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएपछि प्रहरीले पनि तीन राउण्ड जवाफी फायर गरेकाे बताइएकाे छ ।गोली हानाहानपछि तस्कर समूहमा रहेका अन्य व्यक्ति भारततिरै भागेका थिए।

 

Loading spinner