कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि शैक्षिक संस्थामा थप सतर्कता अपनाउन शिक्षा मन्त्रालयकाे आग्रह

khabarwave
१२ चैत्र २०७७

काठमाण्डाै ।   नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ । प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा  भनिएकाे छ-   ‘सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्नुहुन, शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउन हुन अनुरोध गरिन्छ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालय सम्वद्ध सबैमा हार्दिक अनुरोध गर्दछ ।’मन्त्रालयले विद्यालयहरूले दैनिक पठन पाठन सञ्चालन गर्दा भीडभाड नहुनेगरी गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७’को पूर्ण रूपमा अनुसरण गर्न र उक्त कार्याढाँचाको अधिनमा रही स्थानीय सरकारवाट निर्णय भएबमोजिम गर्नु पनि अनुरोध गरेको छ ।

Loading spinner