सत्ता साझेदारीका लागि देउवा र प्रचण्डबीच भेटवार्ता, एमाले र जसपाले अगाडी बढाए छलफल

khabarwave
२५ फाल्गुन २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।सत्ता साझेदारीका लागि दुइ नेताबीच कुराकानी गर्न  देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् ।
उता नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेका छन् । एमालेले सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल र जसपाले लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको वार्ता टोली बनाएको छ ।

दुई पार्टीको वार्ता टोलीबीच सत्ता सहकार्यलगायतका विषयमा छलफल भएको छ ।

 

 

Loading spinner