काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. थापा

khabarwave
७ माघ २०७७

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् ।थापा काठमाडौं विश्वविद्यालयका पूर्वरजिष्ट्रार हुन् । उनलाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गरेका हुन ।

शिक्षामन्त्री एवम् सहकुलपति कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले केयूको उपकुलपतिका लागि वर्तमान उपकुलपति डा. रामकण्ठ माकाजु, भोला थापा र बालचन्द्र लुइँटेललाई सिफारिस गरेको थियो । दुई वर्ष कार्यकाल पूरा गरेर उपकुलपति माकाजु यही फागुन १० गते बिदा हुँदैछन् । केयूको उपकुलपतिका लागि ४० भन्दा बढी व्यक्तिहरुले आवेदन दिएका थिए ।

 

Loading spinner