
संसद बिघटनबिरूद्व जनता समाजवादीकाे शक्ति प्रर्दशन
काठमाडौं । संसद भंग गर्ने कदमविरुद्ध जनता समाजवादी पार्टी नेपालले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ । पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर विरोध र्याली कोणसभामा परिणत हुनेछ ।जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । कार्यक्रमलाई पार्टीका नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।