
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतिलाई काेरोना
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले यससँगै आफू क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् । यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि ट्रम्प र मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो ।